Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वसञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनालसमेतलाई मुद्दा दायर गरिएको छ । परामर्शदाता कम्पनी, लोकल एजेन्ट र तीनका प्रमुखलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।
टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेशअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोग छ ।
तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेत
दूरसञ्चारका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल
धनराज ज्ञवाली
टीकाप्रसाद उप्रेती
तत्कालीन निर्देशक विजयकुमार राय
रेवतीराम पन्थ,
सुरेश बस्नेत,
हिरण्यप्रसाद बस्ताकोट,
अच्युतानन्द मिश्र,
सुरेन्द्रलाल हाडा,
दीपेश आचार्य,
सन्दीप अधिकारी,
परामर्शदाता भ्यानराइज सोल्युसन्स
कम्पनीका सीईओ जमल अनोन्ती
लोकल एजेन्ट कनेक्सन ट्रेड प्रालि काठमाडौं
लोकल एजेन्टका अध्यक्ष दिलिपकुमार गुरुङ र
निर्देशक तेजप्रसाद खरेल
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij