
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । यसवर्ष रातो मच्छिन्द्रनाथको भोटोजात्रा आउँदो १८ गते हुनेभएको छ ।
बिहीबार बिहान ललितपुरको मङ्गलबजारमा बसेको ज्योतिषी सभाले जेठ १८ गते भोटोजात्राको साइत निकालेको हो ।
त्यसअघि १५ गते रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलतर्फ तानिनेछ । रथ तानेर जावलाखेल पुर्याएको चौथो दिनमा भोटोजात्रा मनाउने चलन छ ।
भोटोजात्राको दिन उपत्यकामा सार्वजनिक बिदा हुने गर्छ । रथलाई पाटनबाट पश्चिम दिशातर्फको बुङ्गमती लैजाने भएकाले यसलाई पश्चिगमन यात्रा पनि भनिन्छ । जावलाखेलमा भोटोजात्रापछि मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्गमति फिर्ता लगिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij