Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

मोरङ

करेन्ट लागेर २ जनाको मृत्यु, एक जना घाइते

करेन्ट लागेर २ जनाको मृत्यु, एक जना घाइते

विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

  • काठमाडौं । करेन्ट लागेर मोरङको रतुवामाईमा २ जनाको मृत्यु भएको छ । एक जना महिला घाइते भएकी छन् ।विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको हो ।

    images
    images
    images

    रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो ।

    बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० को राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij