
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग डकबर्थ लुइस पद्धति (डिएलएस) का आधारमा सात विकेटको हार बेहोरेको छ ।
जितसँगै तीन खेलमा चार अंक जोडेको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको नेपाल समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।
यसअघि हङकङसँगको खेल वर्षका कारण रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनविरुद्ध ९ विकेटको सहन जित दर्ता गरेको थियो ।
मंगलबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए ।
नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सम्झाना खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसैगरी कप्तान इन्दु बर्मा ९ र रुबिना क्षेत्री चार रनमा अविजित रहे । पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए ।
हङकङका तीनै विकेट एलिसन सिउले लिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij