Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

खानेपानी

महोत्तरीमा खानेपानीको हाहाकार

महोत्तरीमा खानेपानीको हाहाकार

जिल्लाका गौशाला, बर्दिबास र भंगाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो ।

  • काठमाडौं। महोत्तरीमा पानीको हाहाकार बढेको छ । जिल्लाका गौशाला, बर्दिबास र भंगाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो । खानेपानीका स्रोतहरु खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन् ।

    images
    images
    images

    खोल्साखोल्सी र नदीको पानी संग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ ।पानीको संकटले सर्वसाधारण हैरान छन् । बर्दिबासका १४ मध्ये १० वटा वडा पूर्ण रुपले संग्रह गरेर धाराबाट वितरण गरिने पानीमा आश्रित छन् । यहाँका चार वडामा इनार बढी प्रयोगमा छन् । 

    अहिले पुरानो चारकोसे झाडी वन क्षेत्रमा पानी नभेटेपछि वन्यजन्तु बस्ती पसेका छन् । पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरी दिँदा किसान दोहोरो मारमा परेका छन् ।

    नयाँ वर्षसँगै वैशाखको पहिलो सातामा दुईपटक पानी परे पनि त्यसयताको प्रचण्ड रापले मुहान रसाउन नसकेका बर्दिबास–३ कालापानीका ७५ वर्षीय नरबहादुर पुलामी बताउछन् । पछिल्ला चार-पाँच दिनयता बिहान ११ देखि साँझ चार बजेसम्म सधैँजसो तापक्रम ४० डिग्री सेल्सियसको सेरोफेरोमा रहँदा बजार चहलपहल र हिडडुल निकै पातलिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij