Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

  • काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको हो ।

    images
    images
    images

    कम्पनीले चैत मसान्तसम्म ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।

    यस अवधिमा कम्पनीले बिमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बिमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।

    यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

    माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij