Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

हमासले बन्धक बनाएका विपिन जोशी जीवित नरहेको आशंका

हमासले बन्धक बनाएका विपिन जोशी जीवित नरहेको आशंका

  • काठमाडौं । इजरायलमा आक्रमण गरेपछि कट्टरपन्थी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको आशमका गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अर्का इजरायली अधिकारीले समेत विपिन जीवितै रहेको संकेत नदेखिएको बताएका छन् ।

    images
    images
    images

    हमासले बन्ध बनाएका तर अहिलेसम्म नछाडेका बन्धकहरूमध्ये केही जीवितै रहेको र केहीको मृत्यु भइसकेको इजरायलले कहिले नै बताएको थियो । तर, त्यतिबेला इजरायलले विपिनलाई मृत घोषित गरेको थिएन । अहिले भने इजरायलले जीवितै रहेको विश्वास गरेका ३ जना जीवित नभएको बताएको टाइम्स अफ इजरायलले लेखेको छ ।

    इजरायलले पहिले जीवितै रहेको विश्वास गरेको तर अहिले जीवित रहेको संकेत नदेखिएको बताएका बनधकहरूमा विपिन र अन्य २ जना छन् । विपिनसहित एक थाइल्याण्डका नागरिक र एक इजरायलीलाई जीवितै रहेको मानिएकोमा अहिले इजरायलले जीवित रहेको संकेत नदेखिएको बताएको हो ।

    इजरायलमा अनुसार हमासले बन्धक बनाएका ५९ जनालाई अझै छोडेको छैन । तीमध्ये २४ जना जीवितै रहेको मानिएको थियो । तर अब इजरायलले विपिनसहित ३ जना जीवितै रहेको कुरामा ‘गम्भीर शंका’ रहेको बताएसँगै अब २१ जना मात्र जीवित रहेको हुनसक्ने विश्वास गरिएको छ । ३५ जनालाई इजरायलले मृत घोषित गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij