
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ललितपुर महानगरपालिका–२० को श्री न्यु वीआर इन्टरप्राइजेजलाई खरिद बिलबिजक नराखेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० हजार जरिवाना गरिएको छ ।
यस्तै अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२ को कजरिया रमेश टायल्स लिमिटेडलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ८५ हजार जरिबाना गरिएको छ ।
काठमाडौं महानगरपालिका–६ को सान्वी एन्ड रिंकु हार्डवेयरलाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार र गोकर्णेश्वर नगरपालिका–५ को एनए सप्लायर्सलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २० हजार गरी ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।
कारबाही गरिएका ४ उद्योगमध्ये २ लाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम र २ उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) को कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (घ) को कसुर र सोही एनको दफा ३९ को १ (क) अनुसार कारबाही गरिएको विभागले जनाएको छ । यस्तै विभागले अनुगमन गरेकामध्ये ३ उद्योगलाई सामान्य निर्देशन दिएको छ भने ४ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij