Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

राउटे मुखिया शाहीको मृत्यु

राउटे मुखिया शाहीको मृत्यु

  • काठमाडौं । नेपालको एकमात्र अन्तिम घुमन्ते–फिरन्ते समुदाय राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । 
    अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएको राउटे समुदायका मुखिया ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो । राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण मुखिया शाहीको मृत्यु भएको हो ।

    AGNI GROUP

    ‘वैशाख १ मा राउटेले धुमधामले नयाँ वर्ष मनाउँछन्, त्यसयता मुखिया शाहीले अत्यधिक मदिरा सेवन गरिरहेका थिए,’ खत्रीले भने ‘मदिराकै कारण दुई दिन देखि बिरामी परेका उनलाई उपचारका लागि लैजाने कुरा भइरहेको थियो, सोमबार साँझ निधन भयो ।’ 

    बाह्य समुदायका व्यक्तिहरूले बस्तीमा आएर मुखिया भन्दै पैसा दिने गरेका कारण पनि समस्या भएको उनको भनाई छ । राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij