Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

सशस्त्र प्रहरी

लोबुचे हिमालको शिखरमा सशस्त्रको झण्डा

लोबुचे हिमालको शिखरमा सशस्त्रको झण्डा

सशस्त्र प्रहरी जवान विजय जंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराए

  • काठमाडौं । सशस्त्र प्रहरी जवान विजय जंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका छन्।

    images
    images
    images

    उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् । सशस्त्र प्रहरी जवान विजय जंगम लोबुचे हिमाल आरोहणका लागि यही बैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

    पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्वार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिंदै आइरहेको छ ।

    मनाङ जिल्लामा रहेको पर्वतीय उद्वार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्वार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम संचालन भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij