Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

राष्ट्रिय सभा

स्थगित भयो राष्ट्रिय सभाको बैठक

स्थगित भयो राष्ट्रिय सभाको बैठक

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

  • काठमाडौँ । ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

    images
    images
    images

    आज छैटौँ अधिवेशनको पहिलो दिन हो । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति बाट प्राप्त पत्रको व्‍यहोरा पढेर सुनाए ।

    त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

    बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

    अर्को बैठक यही वैशाख १४ गते दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij