Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

गोविन्द घिमिरेलाई सीईओको जिम्मेवारी

गोविन्द घिमिरेलाई सीईओको जिम्मेवारी

  • काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । उनले बुधबारबाट कार्यभार सम्हालेका छन् ।

    images
    images
    images

    तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध रहेको बैंकले जनाएको छ । विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गरी उनले लामो अनुभव हासिल गरिसकेका छन् । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

    बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा घिमिरेको विशेष योगदान रहेको बैंकले जनाएको छ । एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन उनी निरन्तर लागिपरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij