
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । काठमाडौंमा यात्रु बोकेर गुडिरहेको बसमा आगो लागेको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा घटना भएको हो ।
सडकमा गुडिरहेको बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएर बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो ।
आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij