Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिकाका एक जना शाखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    पोखरा महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

    अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धानको क्रममा गिरीले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो दाबी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij