
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुनेछ ।
मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिने छ ।
रवि हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।
उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij