
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा पक्राउ परेका ६ जनालाई छाडिएको छ ।
बोर्ड तोडफोडको आरोपमा पक्राउ परेका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई केहीबेरअघि मकवानपुरकी सीडीओ स्किम श्रेष्ठको फैसलाअनुसार छाडिएको हो ।
बागमती प्रदेश सरकार मातहतमा रहेको प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग-अलग बनाउनुपर्ने माग सहित आन्दोलनरत समुहले गत चैत्र ३० गते अस्पतालको बोर्ड तोडफोड गरेको भन्दै मकवानपुर प्रहरीले विहीबार नियन्त्रणमा लिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij