
Apr 16 2025 | २०८२, वैशाख ३ गते
ललितपुर । ललितपुरको मंगलबारमा मृत फेला परेकी किशोरीको हत्या उनका सहोदर दाइले गरेको खुलेको छ।
चैत २९ गते मंगलबजार, खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ । उनको हत्या चैत ४ गते भएको थियो ।
शव भने २९ गते फेला परेको हो । उनको हत्या आरोपमा उनकै १५ वर्षीय कान्छो दाइ पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एसपी अंगुर जिसीका अनुसार हत्या उनका दाइबाटै भएको कुरा अनुसन्धानबाट खुलेको हो ।
ललितपुर महानगरपालिका वडा नं १२, मंगलबजार बस्ने भगबती बोहराले ११ वर्षीय छोरी दुर्गा बोहरा चैत ४ गते राति साढे ९ बजे बाट हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।
खोजतलास गर्ने क्रममा चैत २९ गते ललितपुर महानगरपालिका वडा नं ९, खपिन्हेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा पीआरबीसी ललितपुरको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा विभिन्न विधि र प्रबिधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकको १५ वर्षीय कान्छो दाईले हत्या गरेको खुल्न आएको छ ।
उनको दाईलाई प्रहरीले मंगलबजार एरियाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij