Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि

सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि

  • काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

    images
    images
    images

    प्रतियोगितामा नेपालका विभिन्न जिल्लारक्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

    सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० केजीमुनि तथा महिलामा ५२ केजीमुनि तौलसमूहमा खेल खेलाइनेछ ।

    यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले बताए । दुईदिने प्रतियोगिताका खेलहरू खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्रमा खेलाइनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij