Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गुण्डुमा ५ तारे होटल

गुण्डुमा ५ तारे होटल

  • काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा स्वनिगः रिसोर्ट प्रालिले विभिन्न परियोजना स्थापना गर्ने भएको छ ।

    images
    images
    images

    नयाँ वर्ष २०८२ को अवसर पारेर सोमबार प्रालिले परियोजनका लागि भूमि पूजासमेत गरेको छ ।

    जहाँ अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम–सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुने प्रालिले जनाएको छ ।

    ‘स्वनिगः’ नेपाली कम्पनी हो । स्वनिगः नेवारी शब्द हो । जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका भन्ने हुन्छ ।

    गुण्डुमा बन्ने विभिन्न परियोजनाका लागि ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगात अनुमान गरिएको छ । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुनेछ ।

    यहाँ बन्ने विभिन्न परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य बन्ने प्रालिको अपेक्षा छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij