Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

गुरुहरु सडकमै गुटुटु !

गुरुहरु सडकमै गुटुटु !

  • काठमाडौं । असन्तुष्ट शिक्षकहरू आज (मङ्गलबार) पनि सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरू आज मध्यान्हदेखि काठमाडौंका सडकमा उत्रिएका हुन् ।

    images
    images
    images

    आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ । शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकास उनीहरूको माग छ ।

    चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहँदा आलसम्म सरकारले सम्बोधन गरेको छैन । 
    सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij