Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

शिक्षकका अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयले गरे छलफल

शिक्षकका अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयले गरे छलफल

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल थालेका छन् । 

    images
    images
    images

    विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको अगुवासँग महामन्त्रीद्वयले छलफल गरेका हुन् ।

    सानेपामा भएको छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।

    शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दैछ ।

    केही दिन अघि शिक्षक प्रतिनिधिहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास पनि पुगेका थिए । देउवाले शिक्षकको माग पूरा गर्ने आश्वासन दिएर फर्काएका थिए ।

    महामन्त्री थापाले शिक्षकहरूको माग सम्बोधन गर्नको लागि सरकारलाई यसअघि नै दुई विकल्प अघि सारेका थिए । उनले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij