Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

कोशी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

कोशी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

  • काठमाडौ । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार मङ्गलवार आज सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

    images
    images
    images

    खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ । कसै कसैले भने चैत्रको परिकार वैशाख (एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन् ।

    विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफू भदा सानोलाई चैत्र महिनामै राखिएको पानी वैशाखको १ गते राखेर आर्शिवाद दिने र सानाले ठुलाको गोडामा राखेर आर्शिवाद लिने गर्दछन् ।

    मुख्यरुपमा सिरुवा पर्वको सुरु भनेको पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रूपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रङ्ग खेल्ने परम्परा पनि रही आएको छ ।

    सिरुवाका अवसरमा शुभकामना संदेश जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    पर्वले एकआपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने बताउँदै भाषा, धर्मसंस्कृति, रितिरिवाज परम्परा र संस्कारलाई जगेर्णा गर्दै अगाडि बढ्न सकेमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij