
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो ।
सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले नेपाल न्यूज बैंकसंग भने,‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ । जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ ।
उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमार सहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरु समेत प्रहरीले सङ्कलन गरेको छ ।
यस्तै रविन कुमार यादव र पिन्टु यादव पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । गम्भीर घाइते बनेका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसै गरी रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij