
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।
रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले पहिलो सुनुवाइमा उच्च अदालतले पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको कैफियत प्रतिवेदन १५ दिनभित्र पेश गर्न आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता उपरजिस्ट्रार निराजन पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij