
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (हृयाम्स) अस्पतालले २७आौ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा ‘बृहत सामाजिक हितका लागि हृयाम्सको पहल’ भन्ने नारासहित स्वास्थ्यमा सबैको सरोकार संवाद श्रृंखला सञ्चालन गरेको छ ।
संवाद कार्यक्रममा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले हरेक मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवा पाउने हक रहेको बताए । उनले स्रोतसाधनको अभावका कारण धनी देश र गरिब देशको मृत्युदरमा समेत भिन्नता रहेको बताए । सांसद रामहरि खतिवडाले स्वास्थ्य र शिक्षामा नेपालमा धेरै नै समस्या रहेको भन्दै यस क्षेत्रमा सरकारले बढी ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सांसदहरू देवेन्द्र पौडेल, पूर्णबहादुर घर्ती, स्वास्थ्य सचिव डा.विकास देवकोटा, डा.पदम बहादुर खड्का, प्रा.सरला केसी, डा.गुरप्रित सिंह लगायतले नेपालमा स्वास्थ्य सेवा र गुणस्तर सुधारका विषयमा सुझावहरू राखेका थिए ।
कार्यक्रममा अस्पतालका निर्देशक डा.ज्योतिन्द्र शर्माले सरकारलाई स्वास्थ्यप्रति दायित्व बुझाउनको लागि अस्पतालले संवाद श्रृंखला चलाएको बताए । अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भने राज्यलाई स्वास्थ्य नीति बनाउने क्रममा केही सहयोग हुन्छ भनेर निरन्तर छलफल गर्दै आएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij