
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । भक्तपुरमा हात नभएको लिंगो उठाइँदैछ । स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर लिंगो उठाउन लागेका हुन् । प्रत्येक वर्ष चैत मसान्तको दिन विस्केट जात्राको क्रममा यहाँ यसरी नै हात नभएको लिंगो उठाउने चलन छ ।
लिंगो उठाएको जात्रा हेर्न भक्तपुरका ठाउँ ठाउँबाट हजारौं जात्रालुप्रेमीहरु बिहानैदेखि सहभागी भएका छन् ।
प्रत्येक वर्ष चैतको मसान्तमा उठाउने यहाँ उठाइने लिंगोलाई विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढाल्ने परम्परा रहिआएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij