
Apr 13 2025 | २०८१, चैत ३१ गते
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् । प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ बिजयी भएका छन् । द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव विजयी भएका छन् ।
यसैगरी महासचिवमा महेशकुमार बस्नेत विजयी बने । कुन्छा दोर्जे डिङ्दोङ सचिवमा विजयी भए । कोषाध्यक्षमा धनु सिंजाली विजयी भईन् ।
यसैगरि, रेखा शर्मा, कुष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान तामाङ, सवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवी गिरी, सुमन राज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य सदस्य पदमा विजयी भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij