
Apr 13 2025 | २०८१, चैत ३१ गते
काठमाडौं विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ ।
काठमाडौं । वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो ।
आईक्यू एयरका अनुसार शुक्रबार साँझ काठमाडौंको एक्यूआई ७७ रहेको छ । साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ । यसलाई वायु गुणस्तरमा मध्यम मानिन्छ ।
बिहान काठमाडौँ विश्वकै सातौं प्रदूषित सहर थियो।
बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ । विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij