
Apr 13 2025 | २०८१, चैत ३१ गते
काठमाडौं । पोखराबाट सञ्चालन भइरहेको फेवा टेलिभिजनका अध्यक्ष लिला जीसीलाई मातृशोक परेको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर निवासी कृष्णदेवी जीसीको ७२ वर्षको उमेरका यही चैत २३ गते पोखरामा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
स्वर्गीय कृष्णदेवीकी श्रीमान् धनबहादुर जीसी, चार छोरा र चार जना छोरी छन् ।
फेवा टेलिभिजनका संस्थापक सदस्य हुँदै अध्यक्ष रहेका लिला जीसी अर्घाखाँची–पोखरा सम्पर्क समाजका सल्लाहकार र नमस्ते पार्टी प्यालेसका संस्थापक तथा सीईओ समेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij