Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने

  • काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिताबारे सो निर्णय गरेको हो । बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् ।

    images
    images
    images

    सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । राखेप उपाध्यक्ष धुर्व आचार्यसहित एमालेका बोर्ड सदस्यहरूले खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए ।

    सरकारको अहिलेको तयारी र समयले प्रतियोगिता जेठमा तोकिएको समयमा हुनसक्ने सम्भावना नदेखिएको सो समूहले जानकारी गराएको थियो ।

    सो ध्यानाकर्षणपछि दशौंको तयारीको सन्दर्भमा निर्णय गर्न शुक्रबार बोर्ड बैठक आह्वान गरिएको थियो ।

    खेलकुदमन्त्री चौधरीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि तीन पटक प्रतियोगिताको मिति सारिसकेका छन् । पहिलो पटक प्रतियोगिता मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो ।

    दोस्रो पटक प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरियो । त्यसपछि प्रतियोगितालाई सारेर जेठको पहिलो साताका लागि स्थगित गरियो ।

    सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो । प्रतियोगितालाई लक्षित गर्दै प्रदेश सरकारले झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij