
Apr 13 2025 | २०८१, चैत ३१ गते
काठमाडौं । भारतको दिल्ली विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले अन्य औपचारिकता पूरा गरिरहेको बेला यो घटना भएको हो ।
स्रोतकाअनुसार श्रीनगर-दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भएको थियो । केही समयपछि उनी बेहोस भए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।
मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम भएपछि मात्र कारण खुल्ने प्रहरीले जनाएको छ । अरमानका सहकर्मीहरूले भने, “उनले अवतरणपछि ककपिट भित्र बान्ता गरे ।”
अरमानले हालै विवाह गरेका थिए ।
अनावश्यक रूपमा अनुमान नगर्न एअरलाइन्सको अपिल गर्दै एअर इन्डिया एक्सप्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । “यो कठिन समयमा हामी शोकसन्तप्त परिवारलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौं,” कम्पनीले भन्यो, “कृपया यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुहोस् र कुनै पनि अनावश्यक अनुमान नगर्नुहोस् ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij