Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एक्सचेन्ज महोत्सव

भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको भव्य उद्घाटन

भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको भव्य उद्घाटन

दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु

  • काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ ।

    images
    images
    images

    सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे ।

    कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

    चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ ।

    एक्सचेन्ज अफरहरू :

    ● कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न मिल्ने,

    ● कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५०,००० रुपैयाँको मिनिमम भ्यालुएसन,

    ● अन्य कुनै पनि ब्रान्डमा २५,००० रुपैयाँ न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),

    ● एक्सचेन्जमा अतिरिक्त १०,००० रुपैयाँ मूल्याङ्कन बोनस,

    ● कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,

    ● यामाहा थ्रिल अफ थ्री योजनाको साथ १,००,००० रुपैयाँसम्म नगद छुट :

    ➢ थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १,००० रुपैयाँ जित्नुहोस्,

    ➢  विज्ञापनको स्क्रिनसट देखाई ५०,००० रुपैयाँसम्म नगद छुट जित्नुहोस्,

    ➢  यामाहा खरिद गरी १,००,००० रुपैयाँसम्म नगद छुट जित्नुहोस् ।

    बाइक बाहेकका आकर्षणहरू:

    • डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका,

    • कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्दा रोमाञ्चक उपहारहरू पाइने,

    • गेमिङ जोन – एक्शन-प्याक फन र प्रतियोगिताहरू,

    • फेस पेन्टिङ,

    • महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान् पर्फर्मेन्सहरू,

    • फ्री एक्सेसरिज,

    प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमी/लिटर) प्रमुख आकर्षण हो।

    त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्, जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन्।

    यस ‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij