
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा प्रहरीले हिरासतमा लिएको काठमाडौं पठाएको छ । उनलाई भद्रपुरबाट विमानमार्फत काठमाडौं पठाइएको हो । काठमाडौंमा प्रसाईंलाई लिन प्रहरी संयन्त्र विमानस्थल पुगेको छ ।
प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट आज प्रसाईंलाई नेपाल भित्र्याएको थियो । उनीसँगै प्रसाईंका अंगरक्षक दिपक खड्कालाई पनि नियन्त्रणमा लिइएको छ ।
१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन् । उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । त्यस लगत्तै प्रसाई फरार भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij