Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो ।

    images
    images
    images

    बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको  छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय  रुपैयाँमा  कारोवार भैइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij