
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लिडरशीप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न भएको छ । द सोल्टी काठमाडौँमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष : लिड, रोअर, रिपिट’ नाराका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजबंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।
३ दिनसम्म चलेको कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij