Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

ललितपुरमा प्रयोग गर्ने जारको पानीमा जीवाणु भेटियो

ललितपुरमा प्रयोग गर्ने जारको पानीमा जीवाणु भेटियो

  • ललितपुर । ललितपुर जिल्लामा परीक्षण गरिएको खानेपानीका नमुनामा फिकल कोलिफर्म जीवाणु भेटिएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.भुवन पौडेलका अनुसार, जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको हो ।

    images
    images
    images

    परीक्षणका लागि गोदावारी नगरपालिका, महांकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याइएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।

    images

    फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो, जसले दूषित पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइडलगायतका सरुवा रोग फैलिन सक्ने डा. पौडेलले चेतावनी दिए । उनले दूषित पानी उमालेर वा फिल्टर प्रयोग गरी मात्र पिउन र पानीको स्रोत स्वच्छ राख्न आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij