Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टीकापुरमा सशस्त्र प्रहरीको दीक्षान्त

टीकापुरमा सशस्त्र प्रहरीको दीक्षान्त

  • काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा पहिलो पटक दीक्षान्त समारोह सम्पन्न भएको छ ।

    images
    images
    images

    बुधबार आयोजित दीक्षान्त समारोहमा सि।सं २३७ (ञ) अर्न्तगतका १२४ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् । ११ महिने आधारभूत तालिम पूरा गरेपछि उनीहरुलाई दीक्षित गरिएको शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेनले जानकारी दिएका छन् ।

    दीक्षान्तका अवसरमा तालिममा सर्वोत्कृष्ट हुने कञ्चनपुरका खुशीराम डगौरालाई पुरस्कृत गरिएको छ । त्यस्तै अन्य तीन जनालाई विभिन्न विधागततर्फ पुरस्कृत गरिएको शिक्षालयले जनाएको छ ।

    दीक्षित प्रहरी जवान लाई सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले पुरस्कार प्रदान गरे । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij