Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

भारतीय नागरिकले लिए नेपाली नागरिकता

भारतीय नागरिकले लिए नेपाली नागरिकता

  • काठमाडौं । बाराको पचरौता नगरपालिका–५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

    images
    images
    images

    भारतको मोतिहारी जिल्ला जितना थानास्थित बडइला बस्ने रामकैलाश यादवले ससुरा नवल राय यादवसँग मिलेर छोरा बनि बंशजको नागरिकता लिएका हुन् । रामकैलाशले झुटो विवरणको आधारमा २०६३ फागुन २६ गते नागरिकता वितरण टोलीमार्फत गाउँबाटै बंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए ।

    उनले तत्कालीन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा ३३०४९/५०८३ नम्बरको नागरिकता लिएका हुन् । रामकैलाश यादवले भारत र नेपाल दुवै देशको परिचयपत्र बोकेर निर्वाध हिँडडुल गरिरहेको गुनासो स्थानीयले समेत गरेका थिए । भारतमा उनको नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्डसमेत जारी भएको बताइएको छ ।

    यस्तै, नक्कली कागजपत्रको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह जैसवारले दोषिमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेका हुन् ।

    नगर प्रमुख जैसवारले पचरौता नगरपालिकाबाट एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको पाइएको बताए । एक भारतीय नागरिकले आफ्नो ससुरालाई बुबा बनाएर बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका पाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij