Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रहरी कार्यालय अगाडि रक्ताम्मे भेटियो पुरुषको शव

प्रहरी कार्यालय अगाडि रक्ताम्मे भेटियो पुरुषको शव

  • काठमाडौं । कैलालीको अत्तरियामा बुधबार बिहान हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो ।

    शवको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले ढुंगाले हानेर टाउकोको बायाँ पट्टिको भाग फुटाइएको बताए । उनले अनुहार पनि चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

    उनको साथमा लुगा बाहेक अन्य सामग्री फेला नपरेकाले पहिचानमा कठिनाइ भइरहेको बताएका छन् । पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्रांगणमा भेटिए पनि घटना मन्दिरभित्र भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँ भन्दा २० मिटर जति दूरीमा रहेको मन्दिर प्रांगण रक्ताम्मे भएको छ ।

    मन्दिरदेखि घिसारेर शव तल फालिएको जस्तो देखिएको डिएसपी थापाले बताए । मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजे मात्रै आफूले घटनाको बारेमा थाहा पाएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij