
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । बिहीबार रातिसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको विभागको भनाइ छ । मंगलबार कोशी प्रदेशको पहाडी तथा तराईका क्षेत्रहरू, बागमती, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
बुधबार भने देशभर पानी पर्ने सम्भावना रहेको छ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका अन्य केही क्षेत्रमा पनि वर्षा हुने विभागले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीको कणसहितको हावाको प्रभावका कारणले यस्तो मौसमी अवस्था आएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij