
Apr 17 2025 | २०८२, वैशाख ४ गते
तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेकाे आराेपमा पछिल्लो समय थप ६ जना पक्राउ
काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेकाे आराेपमा पछिल्लो समय थप ६ जना पक्राउ परेका छन् ।
सर्लाही घर भएका ललितपुर टीकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारू पक्राउ परेका हुन् ।
यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर (ऐनी), सिन्धुपाल्चोकका ३० वर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij