
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । लहान नगरपालिका-१२ भोटियाटोलमा आगलागीबाट दलित मुसहर समुदायको ५ घर जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको स्थानीयले जनाएका छन् ।
आगलागीबाट सौदागर सदाय, रासलाल सदाय, लवकुश सदाय, कनकी सदाय र भुटनी सदायको घर जलेर पूर्वरूपमा नष्ट भएको वडा अध्यक्ष बद्री नारायण चौधरीले जानकारी गराए ।
घरमा भएको अन्नरखाद्यान्न, लुगाफाटो, भाँडाकुँडासमेत जलेका छन् । घर जलेपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । आगलागीबाट मुसहर समुदाय ५ परिवार पीडित भएको जानकारी पाएपछि मेयर महेश चौधरीले राहत सामग्री लिएर गाउँमै पुगेका छन् ।
तत्कालै अस्थायी घर बनाउन जस्तापाता सहयोग गर्ने मेयर चौधरीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij