
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडैं । पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुदैछ । सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता रहने छ ।
यस कार्यक्रममा युवाहरूले आफ्नो दृष्टिकोणबाट पोखराको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने आयोजक टिमले जनाएको छ ।
‘समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ आयोजना गरिने यस कार्यक्रमले युवाहरूलाई राजनीतिक साक्षरताको ज्ञान दिने, नीति निर्माण प्रक्रियाको अनुभव गराउने र नगरसभाको नमूना अभ्यास गराउने लक्ष्य राखेको छ ।
नगर सभाको अभ्यासमार्फत युवाहरूले स्थानीय सरकार सञ्चालनको प्रक्रिया बुझ्नेछन् । उनीहरूले आफैंले तयार पारेका नीति तथा सुझावहरू प्रस्तुत गर्ने र नगरको विकासमा योगदान पु¥याउने अवसर प्राप्त गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij