
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सभा स्थल बल्खु क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु तथा आसपास क्षेत्रमा परिचालित भएका छन् ।
राप्रपा कार्यकर्ता स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । राप्रपाले मंगलबार १२ बजेपछि बल्खुमा प्रदर्शन गर्दैछ ।
प्रदर्शनमा १२ हजारभन्दा बढी सहभागी हुने आँकलन गरिएको छ ।
राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिंदेनलगायत शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij