Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

चारदेशीय टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ

चारदेशीय टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ

  • काठमाडौं । हङकङमा हुने चारदेशीय टी–२० आई क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । 

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टी–२० आई क्रिकेट सिरिज खेल्नेछ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइनसकेका कारण मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिइएको हो ।

    बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले हङकङमा हुने चारदेशीय सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । उनले हङकङ सिरिजले टि ट्वान्टी विश्व कप छनोटको तयारीका लागि पनि मद्दत पुग्ने बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij