
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं महानगरपालिकाले रोकिएको तलब एकमुष्ट रुपमा वितरण
काठमाडौं– काठमाडौं महानगरपालिकाले रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ । प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक-कर्मचारी तथा जनप्रतिनिधिको तलब रोकिएको थियो ।
शिक्षकहरूले ५ महिनाको र कर्मचारीहरुले तीन महिनाको (चैतसम्म) तलब पाउन बाँकी छ । प्रशासकीय अधिकृत गुरागाईं गत विहीबार कार्यालयमा हाजिर भएपछि तलब निकासालाई पहिलो प्राथमिकतामा राखेका थिए ।
आजैमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको उनले जानकारी दिए ।
महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरू भएको बताए । आजैमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको उनले जानकारी दिए । बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij