
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-४ तेलियाका २८ वर्षीय राम कृष्ण लिम्बु रहेका छन् ।
उनलाई सोही गाउँपालिकाका-३३ करुन्जेबाट एउटा एकनाले भरुवा बन्दुक सहित आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij