Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नेता गजेन्द्र नारायण सिंहको सालिकमा माल्यार्पण

नेता गजेन्द्र नारायण सिंहको सालिकमा माल्यार्पण

  • काठमाडौं । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने राजनेता गजेन्द्र नारायण सिंहका विभिन्न सालिकहरूमा माल्यार्पण गरेका छन् ।

    images
    images
    images

    सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व.सिंहको ९६औं जन्मजयन्तीको अवसरमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा र ढोडवा चौकमा रहेका सिंहका सालिकहरूमा पुष्पमाला अर्पण गरेका हुन् ।

    कार्यक्रममा स्थानीय नेता, सामाजिक अगुवा र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । नेताहरुले स्व. सिंहले मधेसको अधिकार र पहिचानको लागि पु¥याएको योगदानको चर्चा गर्दै उनको आदर्श पछ्याउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij