Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ  : मन्त्री शाही

सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ  : मन्त्री शाही

  • काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन्  ।

    images
    images
    images

    आइतबार काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताए ।

    उनले भने,‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ । जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको छ । त्यसैले सरकारले यसलाई गम्भिरताकासाथ लिएको छ । यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु भइरहेको छन् । सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको छ । आगामि दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ ।’

    त्यस्तै उनले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको बताए । समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्युनिकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij