Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

कर र राजस्वसम्बन्धी गुनासो सम्बोधन गर्दै महासंघ

कर र राजस्वसम्बन्धी गुनासो सम्बोधन गर्दै महासंघ

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् ।

    onlinepatrika
    Arghakhachi

    समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाललगायत छन् ।

    AGNI GROUP

    महासंघका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीका समस्या तथा कठिनाइ पहिचान गरी निराकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

    उनले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यसमितिको सफलतासँग समेत जोडिएकाले सोहीअनुसार काम गर्नेमा जोड दिए । महासंघ सचिवालयमा कर, राजस्वसम्बन्धी समस्या एवम् गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij